भजनसंग्रह 27:9 - पवित्र बाइबल9 हे परमप्रभु, तपाईंको दासबाट अनुहार नफर्काउनु होस्, मलाई साथ दिनुहोस्। मलाई टाढा नधकेल्नुहोस्, मलाई नत्याग्नु होस्, मेरो परमेश्वर, तपाईं मेरो रक्षक हुनुहुन्छ। Viz kapitolaनेपाली नयाँ संशोधित संस्करण9 तपाईंको मुहार मबाट नलुकाउनुहोस्, क्रोधमा तपाईंको दासलाई नहटाउनुहोस्। तपाईं मेरा सहायक हुनुभएको छ। मलाई इन्कार नगर्नुहोस्, मलाई नत्याग्नुहोस्, हे मेरा उद्धारकर्ता परमेश्वर! Viz kapitolaसरल नेपाली पवित्र बाइबल9 मदेखि नलुक्नुहोस्! मसँग नरिसाउनुहोस्, आफ्नो दासलाई नफर्काउनुहोस्। तपाईं मेरो सहारा बन्नुभएको छ, मलाई नछोड्नुहोस्, मलाई नत्याग्नुहोस्, हे परमेश्वर, मेरो उद्धारक! Viz kapitolaपवित्र बाइबल नेपाली समकालीन संस्करण9 मबाट तपाईंको मुहार नलुकाउनुहोस्; तपाईंको सेवकलाई क्रोधमा नहटाउनुहोस्; तपाईं मेरा सहायक हुनुभएको छ। हे परमेश्वर, मेरा मुक्तिदाता, मलाई नत्याग्नुहोस्; मलाई तिरस्कार नगर्नुहोस्। Viz kapitola |