भजनसंग्रह 144:2 - पवित्र बाइबल2 परमप्रभुले मलाई प्रेम गर्नुहुन्छ र मेरो रक्षा गर्नुहुन्छ। परमप्रभु नै त्यो उच्च पर्वतमा मेरो सुरक्षाको जग्गा हुनुहुन्छ। परमप्रभुले मलाई मुक्ति दिनुहुन्छ। परमप्रभु मेरो ढाल हुनुहुन्छ। म उहाँमा भरोसा राख्दछु, परमप्रभुले मलाई आफ्ना मानिसहरूमाथि राज्य गर्न सघाउनु हुन्छ। Viz kapitolaनेपाली नयाँ संशोधित संस्करण2 उहाँ मेरा करुणामय परमेश्वर र मेरो किल्ला हुनुहुन्छ, मेरो गढ़ र मेरो उद्धारक। उहाँ मेरो ढाल, उहाँमा नै म शरण लिन्छु। उहाँले मानिसहरूलाई मेरो अधीनमा पार्नुहुन्छ। Viz kapitolaसरल नेपाली पवित्र बाइबल2 उहाँ मेरो रक्षक र बचाउनुहुने, मेरो आश्रय र मुक्तिदाता हुनुहुन्छ र आफ्नो रक्षाको लागि म उहाँमाथि भरोसा राख्दछु। उहाँले जाति-जातिहरूलाई दमन गरेर मेरो अधीनमा गराउनुहुन्छ। Viz kapitolaपवित्र बाइबल नेपाली समकालीन संस्करण2 उहाँ मेरो प्रेमिलो परमेश्वर, र मेरो किल्ला हुनुहुन्छ; उहाँ मेरो बलियो किल्ला र मेरो उद्धारक, मेरो ढाल, जसमा म शरण लिन्छु, उहाँले जाति-जातिहरूलाई मेरो अधीनमा राख्नुहुन्छ। Viz kapitola |