भजनसंग्रह 143:7 - पवित्र बाइबल7 परमप्रभु चाँडो गरेर मलाई जवाफ दिनुहोस्। मैले आफ्नो आँट हराएँ। मदेखि टाढा नभाग्नु होस्। मलाई मर्नबाट जोगाउनु होस् र ती मरेर चिहानमा सुतिरहेको मध्ये एउटा हुन नदिनु होस्। Viz kapitolaनेपाली नयाँ संशोधित संस्करण7 हे परमप्रभु, मलाई छिटो जवाफ दिनुहोस्, मेरो आत्मा शिथिल हुन्छ। आफ्नो मुहार मबाट नलुकाउनुहोस् नत्रता म मृत-लोकमा पर्नेहरूझैँ हुनेछु। Viz kapitolaसरल नेपाली पवित्र बाइबल7 परमप्रभु, अहिले मलाई उत्तर दिनुहोस्! मैले सबै आशा हराएको छु। मदेखि आफैंलाई नलुकाउनुहोस्, नत्रता मृत्यु-लोकमा गएको जस्तै म हुनेछु। Viz kapitolaपवित्र बाइबल नेपाली समकालीन संस्करण7 हे याहवेह, मलाई झट्टै जवाफ दिनुहोस्; मेरो आत्मा क्षीण हुँदछ। तपाईंको मुहार मबाट नलुकाउनुहोस्; नत्र म चिहानभित्र जानेहरूझैँ हुनेछु। Viz kapitola |