ओबदिया 1:7 - पवित्र बाइबल7 तिम्रा मित्र राष्ट्रहरूले तिमीलाई आक्रमण गर्छन् र सिमानाबाट तिमीलाई तान्छन्। तिनीहरू तिम्रा मित्रहरू हुन् भनी मानिएका छन्। तर तिनीहरूले तिमीलाई धोका दिन्छन्, र तिमीलाई पराजय गर्छन्। ती जसले तिम्रो रोटी तिमीसित मिलेर खान्छन् तिनीहरूले तिम्रो विरूद्ध पड्यन्त्र गरिरहेका छन्। र तिमीलाई त्यो थाहासम्म पनि हुँदैन।” Viz kapitolaनेपाली नयाँ संशोधित संस्करण7 तेरा सबै मित्रराष्ट्रहरूले तँलाई सिमानासम्म धपाइदिनेछन्। तेरा मित्रहरूले तँलाई धोका दिएर दमन गर्नेछन्। तेरो रोटी खानेहरूले नै तँलाई पासो थाप्नेछन्, तर यस कुराको तँलाई केही पत्तै हुनेछैन। Viz kapitolaसरल नेपाली पवित्र बाइबल7 तेरा मित्रहरूले तँलाई धोका दिएका छन्, तिनीहरूले तँलाई तेरो देशबाट धपाएका छन्। तँसित मेल-मिलापमा रहेका मानिसहरूले तँलाई अहिले आफ्नो अधीनमा पारेका छन्। तँसित एकसाथ रोटी खाने साथीहरूले तेरो लागि पासो थापेका छन्, तर तँलाई यसको पत्तै छैन। Viz kapitolaपवित्र बाइबल नेपाली समकालीन संस्करण7 तेरा सबै मित्र राष्ट्रहरूले तँलाई सिमानासम्म नै खेद्नेछन्; तेरा साथीहरूले तँलाई धोका दिनेछन्, र तँलाई अधीनमा पार्नेछन्; जसले तेरो रोटी खान्छन्, उनीहरूले नै तेरो निम्ति पासो थाप्नेछन्; तर तैँले यस कुराको बारेमा थाहै पाउनेछैनस्। Viz kapitola |