ओबदिया 1:5 - पवित्र बाइबल5 तिमी साँच्चै नै सर्वनाश हुनेछौ! हेर यदि कुनै चोर तिमी कहाँ आए, जब राती डाकु आए, तिनीहरू आफ्नो निम्ति यथेष्ट हुने मात्र लुटेर जानेछ। यदि तिम्रो दाखको बारीमा दाख चोर्न आए दाख टिपी सकेपछि उसले पनि आफ्नो पछाडी केही नकेही छोडेर जान्छ। Viz kapitolaनेपाली नयाँ संशोधित संस्करण5 “यदि चोरहरू तँकहाँ आए, यदि डाँकूहरू राती आए भने— तेरो कस्तो सर्वनाश हुनेछ— के तिनीहरूले आफूलाई चाहिने जति मात्र लुटेर लैजाँदैनन् र? यदि दाख टिप्नेहरू तँकहाँ आए भने, के तिनीहरूले अलि-अलि दाखहरू फाटफुट छोड्दैनन्? Viz kapitolaसरल नेपाली पवित्र बाइबल5 “राती चोरहरू आउँदा तिनीहरूले चाहेका कुरा मात्र लगेर जान्छन्, मानिसहरूले अङ्गुर टिप्दा ठाउँ-ठाउँमा त छोडिराख्छन्, तर तेरा शत्रुहरूले चाहिँ तेरो नाम-निशाना नै मेटिदिएका छन्। Viz kapitolaपवित्र बाइबल नेपाली समकालीन संस्करण5 “यदि चोरहरू तँकहाँ आए भने, यदि रातमा डाँकुहरू आए भने, ओह! तँलाई कस्तो विपत्तिले पर्खिरहेको हुन्छ— के तिनीहरूले आफूलाई चाहिए जति मात्र चोर्दैनन् र? यदि अङ्गुर टिप्नेहरू तँकहाँ आए भने, के तिनीहरूले सिला-अङ्गुरहरू छोड्दैनन् र? Viz kapitola |