ओबदिया 1:3 - पवित्र बाइबल3 तिम्रो आफ्नो घमण्डले तिमीलाई धोका दिएकोछ। तिमी अग्लो पहडहरूको गुफामाहरू बस्नेछौ। तिम्रो घर पहाको अग्लाईमा छ र तिमी आफ्नो मनमा भन्छौ कि ‘मलाई कसैले पनि तल जमीनमा खसाल्न सक्तैंन।’” Viz kapitolaनेपाली नयाँ संशोधित संस्करण3 तेरो हृदयको घमण्डले तँलाई धोका दिएको छ। तँ चट्टानका ध्वान्द्राहरू र अल्गा-अल्गा ठाउँमा बस्ने, ‘मलाई तल जमिनमा खसाल्न कसले सक्छ?’ भनी तँ आफ्नो मनमा भन्छस्। Viz kapitolaसरल नेपाली पवित्र बाइबल3 तेरो घमण्डले तँलाई धोका दिएको छ। चट्टानको किल्लाबीच तेरो राजधानी छ, तेरो घर अग्लो पहाडमाथि छ। यसैले तँ आफ्नो मनमा भन्छस्, ‘कसले मलाई तल खसाल्न सक्ला र?’ Viz kapitolaपवित्र बाइबल नेपाली समकालीन संस्करण3 तेरो हृदयको अहङ्कारले तँलाई धोका दिएको छ। तँ चट्टानका धाँदाहरूमा बास बस्छस्, र आफ्ना घर अल्गा-अल्गा स्थानहरूमा बनाउँछस्। तैँले मनमनै आफूलाई भन्छस्, ‘मलाई भुइँमा कसले झार्न सक्छ?’ Viz kapitola |