ओबदिया 1:20 - पवित्र बाइबल20 इस्रएलीहरूका निर्वासितहरूले कनानीहरूको भूमि, सपाराद सम्म आफ्नो बनाउनेछन्। यहूदाका मानिसहरूलाई यरूशलेम छोड्नु र सपारादमा बस्न विवश पारिएको थियो। तर उनीहरूले नेगव शहरलाई अधिकार गर्नेछन्। Viz kapitolaनेपाली नयाँ संशोधित संस्करण20 इस्राएलको यस समूहले, जो निर्वासनमा भएर कनानमा छन्, सारपतसम्मको देश अधिकार गर्नेछ। सपारादमा भएका यरूशलेमका निर्वासितहरूले नेगेवका नगरहरू अधिकार गर्नेछन्। Viz kapitolaसरल नेपाली पवित्र बाइबल20 उत्तरी इस्राएलबाट देश निकालावास भएका सेनाहरू फर्की आउनेछन् र उत्तरमा सारपतसम्म कनानका इलाकाहरू जित्नेछन्। यरूशलेमबाट कैदमा लगिएका सार्डिस सहरमा बास गर्ने मानिसहरूले नेगेवका सहरहरू कब्जा गर्नेछन्। Viz kapitolaपवित्र बाइबल नेपाली समकालीन संस्करण20 कैदमा रहेका इस्राएली दल, जो कनानमा छन्, तिनीहरूले सारपतसम्मको भूमिमाथि अधिकार गर्नेछन्; यरूशलेमबाट लगिएका निर्वासितहरू, जो सपारादमा छन्, तिनीहरूले दक्षिणका सहरहरूमाथि अधिकार गर्नेछन्। Viz kapitola |