ओबदिया 1:19 - पवित्र बाइबल19 तब नगेवका मानिसहरूले एसावको पहाडहरू अधिकार गर्नेछन् र बेंसीकाहरूले पलिश्तीको भूमिहरूमा अधिकार गर्नेछन्। यहूदाका मानिसहरूले एप्रैम र सामरियाको भूमिहरूमा अधिकार गर्नेछन् र बिन्यामीनले गिलादलाई अधिकार गर्नेछ। Viz kapitolaनेपाली नयाँ संशोधित संस्करण19 नेगेवका मानिसहरूले एसावका डाँड़ाहरू अधिकार गर्नेछन्, र डाँड़ाका फेदीका मानिसहरूले पलिश्तीहरूको देश अधिकार गर्नेछन्। तिनीहरूले एफ्राइम र सामरियाका खेतबारीहरू पनि अधिकार गर्नेछन्, र बेन्यामीनले चाहिँ गिलाद अधिकार गर्नेछ। Viz kapitolaसरल नेपाली पवित्र बाइबल19 “नेगेवका मानिसहरूले एदोममा अधिकार गर्नेछन्। पश्चिमको पहाडको फेदीमा बास गर्ने मानिसहरूले पलिश्त देशमा अधिकार गर्नेछन्। इस्राएलीहरूले एफ्राइम र सामरियाका ठाउँहरू अधिकारमा लिनेछन्। बेन्यामीनका मानिसहरूले गिलाद कब्जा गर्नेछन्। Viz kapitolaपवित्र बाइबल नेपाली समकालीन संस्करण19 दक्षिणका मानिसहरूले एसावका पर्वतहरू कब्जा गर्नेछन्, र पहाडको फेदीमा बसेका मानिसहरूले पलिश्तीहरूका देशलाई अधिकार गर्नेछन्। तिनीहरूले एफ्राइम र सामरियाका भूमिहरू कब्जा गर्नेछन्; अनि बेन्यामीनले गिलादमाथि अधिकार गर्नेछ। Viz kapitola |