गन्ती 9:13 - पवित्र बाइबल13 तर यदि कुनै मानिस शुद्ध छ अनि टाढ़ा पनि गएको छैन अनि अझ उसले निस्तार चाड मनाउँदैन भने, रातको समयमा उसले परमप्रभुलाई बलिदान नचढाएको खण्डमा उसलाई उसको मानिसहरूबाट बहिष्कार गर्नु पर्छ। त्यस्तो व्यक्तिले उसको पापको निम्ति दण्ड पाउनेछ। Viz kapitolaनेपाली नयाँ संशोधित संस्करण13 तर जो मान्छे शुद्ध छ, र यात्रामा पनि छैन, त्यसले निस्तार-चाड़ मानेन भने त्यस्तो व्यक्ति आफ्ना मानिसहरूबाट बहिष्कार गरिओस्, किनभने त्यसले तोकिएको समयमा परमप्रभुको निम्ति आफ्नो बलि चढ़ाएन। त्यस मानिसले आफ्नो पापको दण्ड भोगोस्। Viz kapitolaसरल नेपाली पवित्र बाइबल13 तर जो अशुद्ध छैन वा टाढा यात्रामा छैन र पनि त्यसले निस्तारचाड मनाएन भने त्यसलाई फेरि मेरो प्रजा हो भनी मानिनेछैन किनभने त्यसले तोकिएको समयमा मलाई भेटी चढाएन। त्यसले आफ्नो पापको फल भोग्नेछ। Viz kapitolaपवित्र बाइबल नेपाली समकालीन संस्करण13 तर यदि कोही विधिपूर्वक शुद्ध छ र यात्रामा पनि गएको छैन भने त्यस मानिसले निस्तार चाड मनाएन भने, र त्यसले तोकिएको समयमा याहवेहको भेटी चढाएन भने त्यसलाई आफ्ना मानिसहरूबाट बहिष्कार गरून्। त्यसले आफ्नो पापको प्रतिफल भोग्नुपर्छ। Viz kapitola |