गन्ती 8:22 - पवित्र बाइबल22 त्यसपछि लेवी मानिसहरू भेट हुने पालमा सेवा कार्य गर्न आए। हारून र तिनका छोराहरूले तिनीहरूको हेरचाह गर्थे अनि हारून र तिनका छोराहरू तिनीहरूको कामको जिम्मावार थिए। परमप्रभुले मोशालाई जस्तो भन्नुभएको थियो हारून र तिनका छोराहरूले त्यसरी नै कार्यहरू गरे। Viz kapitolaनेपाली नयाँ संशोधित संस्करण22 त्यसपछि भेट हुने पालमा हारून र तिनका छोराहरूको अधीनमा आ-आफ्नो काम गर्नलाई लेवीहरू भित्र गए। लेवीहरूका विषयमा परमप्रभुले आज्ञा गर्नुभएझैँ तिनीहरूले गरे। Viz kapitolaसरल नेपाली पवित्र बाइबल22 परमप्रभुले लेवीहरूका बारेमा मोशालाई दिनुभएको आज्ञाअनुसार इस्राएलीहरूले सबै कुरा पूरा गरे। यसरी लेवीहरू हारून र तिनका छोराहरूका रेखदेखमा पवित्र पालमा सेवाकार्य गर्नलाई योग्य भए। Viz kapitolaपवित्र बाइबल नेपाली समकालीन संस्करण22 त्यसपछि हारून र तिनका छोराहरूको निर्देशनमा भेट हुने पालमा काम गर्नलाई लेवीहरू आए। इस्राएलीहरूले लेवीहरूसँग याहवेहले मोशालाई आज्ञा दिनुभएअनुसार गरे। Viz kapitola |