गन्ती 6:5 - पवित्र बाइबल5 “त्यस व्यक्तिले आफू नाजिरी भई बसेको समयमा त्यो व्यक्तिले उसको केश काट्नु अथवा खौरनु हुँदैन। आफू परमप्रभुको निम्ति अलग भई बसुन्जेल पवित्र रहनु पर्छ र उसले आफ्नो केश लामो राख्नु पर्छ। Viz kapitolaनेपाली नयाँ संशोधित संस्करण5 “त्यो अलग हुने भाकल राखेका सम्पूर्ण दिनसम्म त्यसको शिरमा छुरा नलाओस्। जहिलेसम्म परमप्रभुको निम्ति आफूलाई अलग राख्छ, त्यो समय पूरा नहोउञ्जेल त्यो शुद्ध बसोस्। त्यसले आफ्नो कपाल लामो हुन देओस्। Viz kapitolaसरल नेपाली पवित्र बाइबल5 “जबसम्म त्यसले नाजिरीको भाकल राख्छ, त्यसले आफ्ना केश काट्न वा खौरनुहुँदैन। परमप्रभुकहाँ चढाइएको पूरा समयभरि त्यो नाजिरीको भाकलले बाँधिएको हुन्छ र त्यसले आफ्ना केश बढ्न दिनुपर्नेछ। Viz kapitolaपवित्र बाइबल नेपाली समकालीन संस्करण5 “ ‘नाजिरी रहने भाकल गरेको अवधिभरि तिनीहरूका शिरमा छुरा प्रयोग गरिनुहुन्न। याहवेहका निम्ति नाजिरी रहने भाकल समाप्त नभएसम्म त्यो पवित्र रहोस्। तिनीहरूले आफ्नो कपाललाई बढेर लामो हुन दिनुपर्छ। Viz kapitola |