गन्ती 6:15 - पवित्र बाइबल15 एक डालो मिहिन पीठोमा तेल मिसाएर बनाएको अखमिरी रोटी। यी रोटीहरूमा तेल छर्केको हुनु पर्छ। अन्नबलि र अर्घबलि पनि यी उपहारहरूका अंश हुन्। Viz kapitolaनेपाली नयाँ संशोधित संस्करण15 एक डालो अखमिरी रोटी— तेलले मुछेको मसिनो पीठोका फुरौला र तेल दलेका अखमिरी बाबरहरू— र तिनीहरूका अन्नबलि र अर्घ-बलि। Viz kapitolaसरल नेपाली पवित्र बाइबल15 त्यसले एक डालो अखमिरी रोटी, जैतुनको तेलसित मुछेर बनाएको मोटो रोटी र जैतुनको तेल दलेका सानो पातला रोटीहरू पनि चढाउनेछ। त्यसमाथि तोकिएको अन्नबलि र मद्यबलिहरू पनि त्यसले चढाउनेछ। Viz kapitolaपवित्र बाइबल नेपाली समकालीन संस्करण15 यसकासाथै तिनीहरूका अन्नबलिहरू, अर्घबलिहरू, मसिनो पिठो र खमिर नमिसाई बनाइएको एक डालो रोटीहरू, साथै जैतुन तेलमा मिसाएर बनाएका मसिनो पिठोको बाक्ला रोटीहरू र जैतुन तेल दलेका पातला रोटीहरू ल्याऊन्। Viz kapitola |