गन्ती 4:34 - पवित्र बाइबल34 मोशा, हारून अनि इस्राएली मानिसहरूका प्रधानहरूले कहाती मानिसहरूको गन्ती गरे। तिनीहरूले तिनीहरूको वंशहरू र परिवार समूहहरूको गन्ती गरे। Viz kapitolaनेपाली नयाँ संशोधित संस्करण34 मोशा, हारून र समुदायका नायकहरूले कहातीहरूलाई आ-आफ्ना वंश र परिवारअनुसार गन्ती गरे। Viz kapitolaसरल नेपाली पवित्र बाइबल34-48 परमप्रभुले दिनुभएको आज्ञाअनुसार मोशा, हारून र इस्राएली समाजका मुखियाहरूले कहात, गेर्शोन र मरारी गोत्रका लेवीहरूका जनगणना लिए। त्यो जनगणना तिनीहरूले थर र परिवार-परिवारअनुसार गरे र तीसदेखि पचास वर्षसम्म उमेर पुगेका र परमप्रभुले बास गर्ने पवित्र पालमा सेवा गर्न योग्यका सबै मानिसहरूका नाम तिनीहरूले सूचीमा चढाए। तिनीहरूको सङ्ख्या यस प्रकारको थियो– गोत्र सङ्ख्या कहात २,७५० गेर्शोन २,६३० मरारी ३,२०० जम्मा ८,५८० । Viz kapitolaपवित्र बाइबल नेपाली समकालीन संस्करण34 मोशा, हारून र समुदायका अगुवाहरूले कहातीहरूलाई तिनीहरूका वंश र परिवारहरूको आधारमा गन्ती गरे। Viz kapitola |