गन्ती 4:15 - पवित्र बाइबल15 “जब हारून र तिनका छोराहरूले पवित्र सर-सामानहरू छोपि सक्छन् तब कहाती वंशका मानिसहरूले त्यस समानहरू बोक्न शुरूगर्न सक्छन् र यसरी तिनीहरूले पवित्रस्थान स्पर्श गर्ने छैनन् नत्र तिनीहरू मर्नेछन्। भेट हुने पालको सबै सर-समानहरू कहातीहरूले नै बोकुन्। Viz kapitolaनेपाली नयाँ संशोधित संस्करण15 “छाउनी प्रस्थान हुने बेलामा हारून र त्यसका छोराहरूले पवित्रस्थानका सबै पवित्र सरसामानहरू ढाकेपछि कहातीहरूले ती बोक्न आऊन्। तर तिनीहरूले पवित्र कुराहरू नछोऊन्, नत्रता तिनीहरू मर्नेछन्। भेट हुने पालका सबै कुराहरू कहातीहरूले बोकून्। Viz kapitolaसरल नेपाली पवित्र बाइबल15 छाउनी उठाउने बेलामा हारून र त्यसका छोराहरूले पवित्रस्थानका सबै सर-सामानहरू र तिनका साजसज्जाका सामानसहित ढाकछोप गरिसकेपछि मात्र कहात गोत्रका मानिसहरू ती बोक्नलाई आउनेछन्। कहात गोत्रका मानिसहरूले ती पवित्र सामान छुनुहुँदैन, नत्र तिनीहरू मर्नेछन्। जब पवित्र पाल उठाइन्छ, तब कहात गोत्रले पवित्रस्थानका सर-सामान बोक्ने कामको जिम्मा लिनेछ। Viz kapitolaपवित्र बाइबल नेपाली समकालीन संस्करण15 हारून र त्यसका छोराहरूले पवित्र सरसामानहरू र सबै पवित्र चीजहरूलाई छोपिसकेपछि, जब छाउनी अगि सार्न तयार हुन्छ, तब ती बोक्नलाई कहातीहरू मात्र आऊन् र बोकून्। तर तिनीहरूले पवित्र कुराहरूलाई नछोऊन्, नत्रता तिनीहरू मर्नेछन्। कहातीहरूले मात्र भेट हुने पालमा भएका सबै कुराहरू बोकून्। Viz kapitola |