गन्ती 31:12 - पवित्र बाइबल12 इस्राएली अरू मानिसहरूकहाँ ल्याए। युद्धमा तिनीहरूले जे जति लिए सबै इस्राएलीहरूको छाउनीमा ल्याए। इस्राएली मानिसहरूको छाउनी मोआबको यर्दन बेंसीमा थियो। त्यो यरीहोदेखि पारी यर्दन नदीको पूर्वपट्टि थियो। Viz kapitolaनेपाली नयाँ संशोधित संस्करण12 र यरीहोदेखि पारि यर्दन नदीको किनारनेर मोआबका मैदानको छाउनीमा मोशा, एलाजार पूजाहारी र इस्राएली समुदायका सामु ती कैदीहरू, पशु-प्राणी र धनमाल ल्याए। Viz kapitolaसरल नेपाली पवित्र बाइबल12 अनि तिनलाई मोशा, एलाजार र इस्राएलका सारा जनसमुदायको अघि ल्याए। त्यस बेला तिनीहरू यरीहो र यर्दनको वरिपरि मोआबका मैदानमा छाउनी हालेर बसेका थिए। Viz kapitolaपवित्र बाइबल नेपाली समकालीन संस्करण12 अनि कैदीहरू, कब्जा गरेका र लुटेका मालसामानहरूलाई मोशा, पुजारी एलाजार र इस्राएली समुदायकहाँ ल्याए। त्यस बेला तिनीहरूको छाउनी यरीहोदेखि पारि यर्दन नदीको किनार मोआबको मैदानमा थियो। Viz kapitola |