गन्ती 24:8 - पवित्र बाइबल8 “परमेश्वरले तिनीहरूलाई मिश्रदेशबाट ल्याउनु भयो, तिनीहरूको निम्ति जंङ्गली साँढेको सींङ जस्तै शक्तिशाली हुनुहुन्छ। ती इस्राएलीहरूले आफ्नो शत्रुहरूलाई निल्नेछन्, र तिनीहरूको हड्डी फुटाएर चूर पर्नेछन्। अनि तिनीहरूलाई आफ्नो बाणहरूले छेड्नेछन्। Viz kapitolaनेपाली नयाँ संशोधित संस्करण8 “परमेश्वरले तिनीहरूलाई मिश्रबाट निकालेर ल्याउनुभयो। तिनीहरूको शक्ति जङ्गली साँढ़ेको जस्तै छ। तिनीहरूले आफ्ना विरोधी जातिहरूलाई निल्नेछन्, र उनीहरूको हड्डी चूर पारेर फोर्नेछन्, आफ्ना बाणहरूले उनीहरूलाई छेड़ेर मार्नेछन्। Viz kapitolaसरल नेपाली पवित्र बाइबल8 परमेश्वरले तिनीहरूलाई मिश्रबाट बाहिर निकाली ल्याउनुभयो; तिनीहरूको निम्ति उहाँले अर्नाले झैँ लडाइँ गर्नुहुन्छ। तिनीहरूले आफ्ना शत्रुहरूलाई निलिहाल्नेछन्। तिनका हड्डीहरू चकनाचुर पार्नेछन् र तिनीहरूका वाणहरू भाँचिदिनेछन्। Viz kapitolaपवित्र बाइबल नेपाली समकालीन संस्करण8 “परमेश्वरले तिनीहरूलाई इजिप्टबाट निकालेर ल्याउनुभयो; तिनीहरूसँग जङ्गली साँढेको शक्ति छ। तिनीहरूले विरोधी राष्ट्रहरूलाई निल्छन्, र तिनीहरूका हड्डीहरू टुक्रा-टुक्रा पार्छन्; तिनीहरूका काँडले तिनीहरूलाई छेड्नेछन्। Viz kapitola |