गन्ती 21:3 - पवित्र बाइबल3 परमप्रभुले इस्राएलीहरूको पुकार मान्नु भयो र कनानीहरूलाई जित्न तिनीहरूलाई सहायता गर्नु भयो। इस्राएलीहरूले तिनीहरू र तिनीहरूका शहर सम्पूर्ण ध्वंश पारे। यसर्थ त्यस ठाँउको नाम होर्मा राखियो। Viz kapitolaनेपाली नयाँ संशोधित संस्करण3 परमप्रभुले इस्राएलीहरूको बिन्ती सुन्नुभयो, र कनानीहरूलाई तिनीहरूका हातमा सुम्पिदिनुभयो। इस्राएलीहरूले उनीहरू र उनीहरूका सहरहरूलाई पनि बिलकुलै नष्ट गरिदिए। यसकारण त्यस ठाउँको नाउँ होर्मा राखियो। Viz kapitolaसरल नेपाली पवित्र बाइबल3 परमप्रभुले तिनीहरूको बिन्ती सुन्नुभयो र कनानीहरूमाथि विजय गर्न सहायता गर्नुभयो। यसरी इस्राएलीहरूले त्यस ठाउँको नाम होर्मा राखे। Viz kapitolaपवित्र बाइबल नेपाली समकालीन संस्करण3 याहवेहले इस्राएलीहरूको बिन्ती सुन्नुभयो। अनि ती कनानीहरूलाई तिनीहरूका हातमा सुम्पिदिनुभयो। इस्राएलीहरूले एदोमीहरू र तिनीहरूका सहरहरूलाई पूर्ण रूपले नष्ट पारिदिए। अनि त्यस ठाउँको नाम होर्मा राखियो। Viz kapitola |