गन्ती 20:17 - पवित्र बाइबल17 दया गरी हामीलाई तपाईंको भूमि भएर यात्रा गर्न दिनुहोस्। हामी खेत तथा दाखबारी भएर जानेछैनौं, त्यस ठाँउको कुवाहरूबाट पानी पिउँने छैनौं, हामी केवल राजमार्गमा हिड्नेछौं, कतै दायाँ बाया जाने छैनौं। जब सम्म तपाईंको देशमा यात्रा गर्छौ हामी बाटोमा नै रहनेछौं।” Viz kapitolaनेपाली नयाँ संशोधित संस्करण17 बिन्ती छ, हामीलाई तपाईंको देशबाट भएर जान दिनुहोस्। हामी खेत अथवा दाखबारी भएर जानेछैनौं। हामी तपाईंको कुनै कूवाबाट पानी खानेछैनौं। हामी मूलबाटो भएर जानेछौं। तपाईंको सिमाना नकाटेसम्म हामी दाहिने-देब्रे लाग्नेछैनौं।” Viz kapitolaसरल नेपाली पवित्र बाइबल17 हामीलाई तपाईंको मुलुकबाट भएर जान दिनुहोस्। हामी र हाम्रा गाई-वस्तु बाटो छोडी यताउति खेतबारी वा दाखबारीमा पस्नेछैनौं र तपाईंका इनारबाट पानी पनि पिउनेछैनौं। तपाईंका देशबाट बाहिर ननिस्कुन्जेल हामी मूल-बाटो भएर जानेछौं।” Viz kapitolaपवित्र बाइबल नेपाली समकालीन संस्करण17 दया गरी हामीलाई तपाईंको देशबाट भएर जान दिनुहोस्। हामी कुनै खेत अथवा दाखबारीबाट भएर जानेछैनौँ, वा कुनै पनि कुवाबाट पानी पिउनेछैनौँ। हामी राजाको मूलबाटो भएर जानेछौँ। तपाईंको प्रान्तबाट पार नभएसम्म हामी दाहिने अथवा देब्रे फर्कनेछैनौँ।” Viz kapitola |