गन्ती 19:19 - पवित्र बाइबल19 “त्यस शुद्ध मानिसले अशुद्ध भएको मानिसमाथि तेस्रो र सातौं दिन छर्किनु पर्छ। यस प्रकार उसले अशुद्ध मानिसहरूलाई सातौं दिनमा शुद्ध बनाउँछ। त्यो अशुद्ध मानिसले लुगा धोओस् अनि पानीमा नुहाओस् र साँझ सम्म अशुद्ध रहन्छ। Viz kapitolaनेपाली नयाँ संशोधित संस्करण19 शुद्ध मानिसले अशुद्ध भएकोमाथि तेस्रो र सातौँ दिनमा त्यो पानी छर्कोस्। सातौँ दिनमा चाहिँ उसले त्यसलाई चोख्याओस्, र त्यसले आफ्ना लुगा धोई नुहाओस्, अनि साँझमा त्यो शुद्ध हुनेछ। Viz kapitolaसरल नेपाली पवित्र बाइबल19 तेस्रो अनि सातौँ दिनमा त्यो शुद्ध व्यक्तिले अशुद्ध भएको मानिसमाथि पानी छर्कनुपर्छ। सातौँ दिनमा अशुद्ध व्यक्तिलाई त्यसले शुद्ध पार्नुपर्छ। त्यो अशुद्ध व्यक्तिले आफ्ना वस्त्र धोएर आफैंमाथि पानी खन्याउनेछ र घाम डुब्दाखेरि शुद्ध हुनेछ। Viz kapitolaपवित्र बाइबल नेपाली समकालीन संस्करण19 त्यस शुद्ध मानिसले अशुद्ध व्यक्तिहरूलाई तेस्रो र सातौँ दिनमा शुद्ध पानी छर्कोस्। अनि सातौँ दिनमा त्यसले तिनीहरूलाई चोख्याओस्। शुद्ध भइसकेको व्यक्तिले आफ्नो लुगा धुनुपर्छ र पानीले नुहाउनुपर्छ। अनि साँझसम्ममा तिनीहरू शुद्ध हुनेछन्। Viz kapitola |