गन्ती 16:47 - पवित्र बाइबल47 यसर्थ मोशाले भने जस्तै हारूनले धूपौरो लिएर मानिसहरूको बीचमा पसे र चाल पाए कि महामारी शुरू भई सकेको थियो अनि धूपौरोमा धूप हाली मानिसहरूको निम्ति प्राश्चित गरे। Viz kapitolaनेपाली नयाँ संशोधित संस्करण47 तब मोशाले भनेझैँ हारून धुपौरो लिएर समुदायको माझमा दौड़ेर गए। विपत्ति मानिसहरूका बीचमा आइसकेको थियो, तर तिनले धूप हालेर मानिसहरूका निम्ति प्रायश्चित गरे। Viz kapitolaसरल नेपाली पवित्र बाइबल47 हारूनले त्यो कुरा माने, आफ्नो आगोको धुपौरो लिएर हारून मानिसहरूका बीचमा दगुरेर गए। विपत्ति सुरु भइसकेको देखेर तिनले धूप आगोमा हाले र मानिसहरूको निम्ति शुद्धीकरणको विधि पूरा गरे। Viz kapitolaपवित्र बाइबल नेपाली समकालीन संस्करण47 यसकारण मोशाले भनेअनुसार हारूनले गरे। अनि दगुरेर समुदायको बीचमा गए। मानिसहरूका बीचमा अगि नै विपत्ति सुरु भइसकेको थियो। तर हारूनले धूप चढाएर तिनीहरूका निम्ति प्रायश्चित गरे। Viz kapitola |