गन्ती 15:25 - पवित्र बाइबल25 “यस प्रकार पूजाहारीले इस्राएलका समस्त मानिसहरूको समुदायलाई प्रायाश्चित बनाउँछ त्यसकारण तिनीहरूलाई क्षमा दिनेछ। किनभने तिनीहरूको पाप इच्छाकृत थिएन। यसकारण यसको लागि तिनीहरूले आफ्नो होमबलि र पापबलि चढाए ता कि परमप्रभुले तिनीहरूलाई क्षमा गरून्। Viz kapitolaनेपाली नयाँ संशोधित संस्करण25 पूजाहारीले इस्राएलीहरूका जम्मै समुदायको निम्ति प्रायश्चित गरून्, र तिनीहरूलाई क्षमा हुनेछ, किनभने त्यो अजानमा गरिएको थियो, र तिनीहरूले आफ्नो अधर्मको निम्ति परमप्रभुलाई आगोद्वारा चढ़ाइएको बलि र पापबलि परमप्रभुको सामुन्ने ल्याएका छन्। Viz kapitolaसरल नेपाली पवित्र बाइबल25 पूजाहारीले समाजको लागि शुद्धीकरणको विधि पूरा गर्नेछ र तिनीहरूले क्षमा पाउनेछन् किनभने तिनीहरूले जानी-जानी भुल गरेका होइनन् र तिनीहरूले पापबलि र आगोद्वारा चढाइने बलि परमप्रभुलाई चढाएका छन्। Viz kapitolaपवित्र बाइबल नेपाली समकालीन संस्करण25 पुजारीले सारा इस्राएली समुदायका निम्ति पापको प्रायश्चित गरोस्, र तिनीहरूलाई क्षमा हुनेछ। किनकि त्यो तिनीहरूले अनजानमा गरेको भूल हुनाले याहवेहकहाँ अन्नबलि र पाप शुद्धीकरण बलि ल्याएका हुन्। Viz kapitola |