गन्ती 14:18 - पवित्र बाइबल18 तपाईंले भन्नुभयो, ‘परमप्रभु क्रोधगर्न ढिलो हुनुहुन्छ, परमप्रभु करूणामय हुनुहुन्छ। कानुन् अमान्य गरी जो दोषी बनिन्छ त्यस्ताहरूलाई परमप्रभुले क्षमा दिनुहुन्छ। तर जो दोषी छन् तिनीहरूलाई परमप्रभुले सदैव दण्ड दिनुहुन्छ। परमप्रभुले यस्ता मानिसहरूलाई, तिनीहरूका छोरा-छोरीहरूलाई, तिनीहरूका नाती-नातिनी तथा पनाती पनातिनीहरू सम्मलाई तिनीहरूले गरेको खराब कार्यको निम्ति दण्ड दिनुहुन्छ।’ Viz kapitolaनेपाली नयाँ संशोधित संस्करण18 ‘परमप्रभु रीस गर्नमा धैर्यवान् र अति करुणामय, अधर्म र अपराध क्षमा गर्ने, तर दोषीलाई कुनै रीतिले निर्दोष नठहराउने, पिता-पुर्खाका अधर्मको सजाय उनीहरूका तेस्रो र चौथो पुस्तासम्म पनि दिने हुनुहुन्छ।’ Viz kapitolaसरल नेपाली पवित्र बाइबल18 ‘म परमप्रभु, सजिलै रिसाउँदिनँ। म ठूलो प्रेम र विश्वासयोग्यता देखाउँछु र पाप र विद्रोह क्षमा गर्दछु। तापनि आमा-बुबाका पापका निम्ति म तिमीहरूका छोरा-नातिहरूलाई तेस्रो वा चौथो पुस्तासम्म दण्ड दिन छोड्दिन।’ Viz kapitolaपवित्र बाइबल नेपाली समकालीन संस्करण18 याहवेह रिस गर्नमा ढिलो, प्रेममा भरपूर, पाप र विद्रोह क्षमा गर्नुहुने हुनुहुन्छ। तरै पनि उहाँले दोषीलाई दण्ड नदिई छोड्नुहुन्न। उहाँले आमाबुबाका पापका दण्ड तिनीहरूका सन्तानहरूमाथि तेस्रो र चौथो पुस्तासम्म दिनुहुन्छ। Viz kapitola |