Online Bible

- Reklamy -




गन्‍ती 14:14 - पवित्र बाइबल

14 अनि मिश्रका मानिसहरूले कनानीहरूलाई यस विषयमा भन्नेछन् कारण तिनीहरू जान्दछन् कि तपाईंलाई देखेका छन्। तिनीहरूले यो पनि जान्दछन् कि तपाईं परमप्रभु हुनुहुन्छ र तिनीहरूले जान्दछन् कि मानिसहरूले तपाईंलाई देखेका छन्। तिनीहरूले यो पनि जान्दछन् कि मानिसहरूको अगुवाई गर्ने दिनमा तपाईंले बादलको प्रयोग गर्नु भएको छ भने रातमा आगोको प्रयोग गर्नु भएको छ।

Viz kapitola kopírovat

नेपाली नयाँ संशोधित संस्करण

14 यस देशका बासिन्‍दाहरूलाई मिश्रीहरूले यो कुरा बताउनेछन्‌। तपाईं परमप्रभु यिनीहरूका बीचमा हुनुहुन्‍छ भन्‍ने कुरो उनीहरूले सुनिसकेका छन्, तपाईं आमनेसामने नै देखा पर्नुभएको छ, र तपाईंको बादल यिनीहरूमाथि खड़ा हुन्‍छ र दिनमा बादलको खामो र रातमा आगोको खामो भएर तपाईं यिनीहरूका अगिअगि जानुहुन्‍छ।

Viz kapitola kopírovat

सरल नेपाली पवित्र बाइबल

14 तिनीहरूले सो कुरा यो देशमा बस्‍नेहरूलाई सुनाउनेछन्। यी मानिसहरूले सुनिसकेका छन् कि तपाईं परमप्रभु हामीसित हुनुहुन्‍छ। तपाईंको बादल हामीमाथि अडिँदा तपाईंले आफ्‍नो दर्शन दिनुहुन्‍छ अनि दिउँसो बादलका खम्‍बामा र राती आगोका खम्‍बामा तपाईं हाम्रा अघि-अघि हिँड्‍नुहुन्‍छ भनी तिनीहरूले जानेका छन्।

Viz kapitola kopírovat

पवित्र बाइबल नेपाली समकालीन संस्करण

14 अनि तिनीहरूले यो देशका बासिन्दाहरूलाई यो कुरा बताउनेछन्। तपाईं याहवेह यिनीहरूका बीचमा हुनुहुन्छ। तपाईं यिनीहरूसँग आमने-सामने नै देखा पर्नुभएको छ। अनि तपाईंको बादल यिनीहरूमाथि रहन्छ। अनि दिनमा बादलको खाँबो र रातमा आगोको खाँबोमा भएर तपाईं यिनीहरूका अगि-अगि जानुहुन्छ भनेर तिनीहरूले सुनिसकेका छन्।

Viz kapitola kopírovat




गन्‍ती 14:14

Následuj nás:

Reklamy


Reklamy