गन्ती 11:31 - पवित्र बाइबल31 तब परमप्रभुले बतास चलाउनु भयो र बतासले समुद्रतिरबाट बट्टाई चराहरू ल्याएर छाउनीको वरिपरि छरिदियो। यसरी ती बट्टाईहरू यति बिघ्न थिए कि तिनीहरू बाटोमा एकजना मानिसले दिन भरिमा हिँडी सक्ने लम्बाईमा र जमीनदेखि तीन फुट बाक्लो थियो। Viz kapitolaनेपाली नयाँ संशोधित संस्करण31 अनि परमप्रभुले चलाउनुभएको बतासले समुद्रबाट बट्टाई चराहरू ल्यायो, र छाउनीको वरिपरि एक-एक दिनको बाटोभरि जमिनमा दुई हात बाक्लो हुने गरी ती बसे। Viz kapitolaसरल नेपाली पवित्र बाइबल31 अचानक परमप्रभुले बतास पठाउनुभयो। त्यस बतासले समुद्रबाट बट्टाई चराहरू उडाइल्यायो। बट्टाई चराहरू भूइँबाट एक गज जति अग्लोमा उडेर आए र छाउनीका चारैपट्टि बसे। एक दिनको टाढा चारैतिर बाटोसम्म चराहरू बसेका थिए। Viz kapitolaपवित्र बाइबल नेपाली समकालीन संस्करण31 याहवेहबाट बतास निस्केर गयो। अनि समुद्रबाट बट्टाई चराहरू धपाएर ल्यायो। ती चराहरू एक दिनको बाटोजतिको दूरीमा चारैतिर, तिनीहरूका छाउनीको वरिपरि भुइँदेखि दुई क्यूबिट माथिसम्म थुप्रिए। Viz kapitola |