गन्ती 10:9 - पवित्र बाइबल9 “अनि जब तिमीहरू आफ्नो भूमिमा तिमीहरूलाई आक्रमण गर्ने तिमीहरूको शत्रुको विरूद्धमा युद्ध गर्न जान्छौ, तिमीहरूले चेतावनी दिने तुरही बजाऊ अनि परमप्रभु तिमीहरूका परमेश्वरले तिमीहरू प्रति ध्यान दिनुहुनेछ। अनि उहाँले तिमीहरूको रक्षा गर्नुहुनेछ। Viz kapitolaनेपाली नयाँ संशोधित संस्करण9 आफ्नै देशमा तिमीहरूमाथि थिचोमिचो गर्ने शत्रुका विरुद्धमा तिमीहरू लड़ाइँ गर्न जाँदा तिमीहरूले तुरहीद्वारा जनाउ-ध्वनि फुक्नू। तब परमप्रभु तिमीहरूका परमेश्वरको सामु तिमीहरूको सम्झना हुनेछ, र तिमीहरूका शत्रुहरूबाट तिमीहरूको रक्षा हुनेछ। Viz kapitolaसरल नेपाली पवित्र बाइबल9 जब तिमीहरूमाथि दमन गर्ने शत्रुको सामना गर्दै आफ्नो देशमा लडाइँ गर्दछौ, लडाइँको सङ्केत दिँदै ती तुरहीहरू बजाओ। म परमप्रभु तिमीहरूका परमेश्वरले तिमीहरूलाई छुटकारा गर्नेछु र शत्रुदेखि तिमीहरूको रक्षा गर्नेछु। Viz kapitolaपवित्र बाइबल नेपाली समकालीन संस्करण9 जब तिमीहरू आफ्नै देशमा तिमीहरूमाथि अत्याचार गर्ने शत्रुसँग लडाइँ गर्न जान्छौ, तब तुरहीहरू फुक्नू। तब याहवेह तिमीहरूका परमेश्वरले तिमीहरूलाई सम्झनुहुनेछ, र शत्रुहरूबाट छुटाउनुहुनेछ। Viz kapitola |