नहेम्याह 13:26 - पवित्र बाइबल26 तिमीहरूलाई थाहा छ, त्यस्तो विवाह गरेर सुलेमान पापमा फँसे। सबै राज्यहरूमा सुलेमान जस्तो ठूलो राजा कोही पनि थिएन। परमेश्वरले सुलेमानलाई माया गर्नुभयो र परमेश्वरले उहाँलाई इस्राएल देशको राजा बनाउँनु भयो तर विदेशी स्त्रीहरूले उहाँलाई परमेश्वरको विरूद्ध पाप गर्न लगाए। Viz kapitolaनेपाली नयाँ संशोधित संस्करण26 के यस्तै स्त्रीहरूको कारण इस्राएलका राजा सोलोमनले पाप गरेका थिएनन्? समस्त जातिहरूमा तिनीजस्तै अरू कुनै राजा थिएनन्। तिनलाई आफ्ना परमेश्वरले प्रेम गर्नुभएको थियो, र परमेश्वरले तिनलाई सम्पूर्ण इस्राएलमाथि राजा तुल्याउनुभएको थियो। तापनि विदेशी स्त्रीहरूले नै तिनलाई पाप गर्न लाए। Viz kapitolaसरल नेपाली पवित्र बाइबल26 मैले तिनीहरूलाई भनें, “विदेशी स्त्रीहरूले सोलोमन राजालाई पाप गर्न लाएका थिए। उनी अरू सबै देशका राजाहरूभन्दा महान् थिए। परमेश्वरले तिनलाई प्रेम गर्नुहुन्थ्यो र सारा इस्राएलमाथि राजा बनाउनुभयो। तर तिनले यही पाप गरे। Viz kapitolaपवित्र बाइबल नेपाली समकालीन संस्करण26 के यस्तै विवाहको कारण इस्राएलका राजा सोलोमनले पाप गरेका थिएनन् र? धेरै जातिहरूका बीचमा तिनीजस्ता राजा अरू कोही थिएनन्। तिनलाई तिनका परमेश्वरले प्रेम गर्नुहुन्थ्यो, र परमेश्वरले तिनलाई सारा इस्राएलमाथि राजा बनाउनुभयो; तर तिनलाई समेत विदेशी स्त्रीहरूले पाप गर्न लगाए। Viz kapitola |