नहेम्याह 13:22 - पवित्र बाइबल22 त्यसपछि मैले लेवीहरूलाई तिमीहरूले स्वयंलाई शुद्ध गर्नुपर्छ अनि विश्राम दिनलाई पवित्र राख्नको निम्ति जाऊ र ढोकाहरूको रक्षागर भनें। हे मेरा परमेश्वर यसको निम्ति पनि मलाई सम्झि दिनुहोस्। अनि तपाईंको महान प्रेमले मलाई जोगाउनु होस्। Viz kapitolaनेपाली नयाँ संशोधित संस्करण22 अनि शबाथ-दिन पवित्र राख्न भनी मैले ती लेवीहरूलाई तिनीहरूले आफूलाई शुद्ध गरी मूल ढोकामा पहरा दिनू भन्ने आज्ञा गरें। हे मेरा परमेश्वर, यो पनि मेरो निम्ति सम्झना रहोस्, र तपाईंको महान् प्रेममा आफ्नो कृपा ममाथि रहोस्। Viz kapitolaसरल नेपाली पवित्र बाइबल22 मैले लेवीहरूलाई आफैं शुद्ध हुन, त्यसपछि गएर मूल-ढोकामा पहरा दिन र यसरी विश्रामको दिन पवित्र राख्ने रीति ठीकसँग कायम राख्न आज्ञा दिएँ। हे परमेश्वर, यो पनि मेरो निम्ति सम्झना राख्नुहोस् र तपाईंको महान् प्रेममा मलाई कृपा गर्नुहोस्। Viz kapitolaपवित्र बाइबल नेपाली समकालीन संस्करण22 त्यसपछि मैले लेवीहरूलाई आफूलाई शुद्ध पार्न लगाएँ, र शब्बाथलाई पवित्र राख्नलाई गएर मूलढोकामा पहरा दिन आज्ञा दिएँ। हे मेरा परमेश्वर, यसको लागि पनि मलाई स्मरण गर्नुहोस्, र तपाईंको अचुक प्रेमअनुसार ममाथि कृपा देखाउनुहोस्। Viz kapitola |