Online Bible

- Reklamy -




नहेम्याह 13:19 - पवित्र बाइबल

19 जब शबाथको अघि यरूशलेमको द्वारमा अन्धकार हुँदै थियो। मैले ढोका बन्द गर्ने आदेश दिएँ। विश्राम नसिद्धिए सम्म ती ढोका नखोल्ने आदेश दिएँ। अनि मैले ढोकाहरूमा मेरा केही मानिसहरूलाई बसाएँ, जसद्वारा विश्राम दिनमा कुनै पनि भारीहरू शहरमा पस्न नपाओस्।

Viz kapitola kopírovat

नेपाली नयाँ संशोधित संस्करण

19 शबाथका तयारीको निम्‍ति यरूशलेमका मूल ढोकाहरूमा साँझको छाया परेपछि प्रवेश-द्वारहरू थुन्‍नू र शबाथ नसिद्धिञ्‍जेल नखोल्‍नू भनी मैले आज्ञा गरें। शबाथमा कुनै पनि भारी भित्र लान नपाओस्‌ भनेर मेरा कोही मानिसहरूलाई मूल ढोकाको जिम्‍मामा नियुक्त गरें।

Viz kapitola kopírovat

सरल नेपाली पवित्र बाइबल

19 यसकारण विश्रामको दिन सुरु हुनासाथ साँझ हुन थाल्‍ने बित्तिकै सहरमा मूल-ढोकाहरू बन्‍द गर्नू र विश्रामको दिन नसिद्धिउञ्‍जेल ती नखोल्‍नू भनी मैले आज्ञा दिएँ। विश्रामको दिनमा कुनै थोक लिएर सहरभित्र कोही पस्‍न नपाओस् भनी हेर्नलाई मैले केही मानिसहरूलाई ढोका-ढोकामा खटाएँ।

Viz kapitola kopírovat

पवित्र बाइबल नेपाली समकालीन संस्करण

19 जब शब्बाथ अगि यरूशलेमका मूलढोकाहरूमा साँझको अँध्यारोको छाया पर्न थाल्यो, तब मैले शब्बाथ नबितेसम्म ढोकाहरू बन्द गर्न र नखोल्न आदेश दिएँ। मैले शब्बाथमा कुनै पनि भारी भित्र ल्याउन नसकून् भनेर मूलढोकामा मेरा आफ्ना केही मानिसहरूलाई राखिदिएँ।

Viz kapitola kopírovat




नहेम्याह 13:19

Následuj nás:

Reklamy


Reklamy