Online Bible

- Reklamy -




नहेम्याह 13:15 - पवित्र बाइबल

15 त्यसबेला मैले मानिसहरूलाई यहूदामा विश्राम-दिनमा दाखरस पेल्ने काम गरिरहेको देखें। अनि अन्नका राश ल्याएका अनि त्यसलाई गधाहरू माथि लदाएको साथै दाखरस, दाख, नेभारा अनि सबै किसिमका भारी लदाएको अनि यी सबैलाई विश्राम-दिनमा यरूशलेममा ल्याएको देखें। अनि मैले तिनीहरूलाई भोजन बेच्दा चेतावनी दिएँ।

Viz kapitola kopírovat

नेपाली नयाँ संशोधित संस्करण

15 त्‍यस बेला यहूदामा मानिसहरूले शबाथमा कोल पेलिरहेका, र खेतको अन्‍न जम्‍मा गरेर दाखमद्य, दाख, नेभारा र सबै किसिमका भारी गधामा राख्‍दैगरेका मैले देखें। उनीहरूले यी सबै थोक शबाथमा यरूशलेममा ल्‍याउने गर्थे। त्‍यसैले त्‍यस दिनमा खाने कुरा बेचेको विरोधमा मैले तिनीहरूलाई चेताउनी दिएँ।

Viz kapitola kopírovat

सरल नेपाली पवित्र बाइबल

15 त्‍यति बेला मैले यहूदाका मानिसहरूले विश्रामको दिनमा अङ्‌गुर कोलमा पेलेको देखें। अरू मानिसहरूले अन्‍न, दाखमद्य, अङ्‌गुर, नेभारा र अरू कुराहरूको भारी गधामा लादेर यरूशलेम लैजान्‍थे। तिनीहरूलाई मैले विश्रामको दिनमा केही कुरा बेच-बिखन नगर्न चेतावनी दिएँ।

Viz kapitola kopírovat

पवित्र बाइबल नेपाली समकालीन संस्करण

15 ती दिनहरूमा मैले यहूदाका मानिसहरूलाई शब्बाथमा दाखको कोल पेलिरहेका र अन्‍न जम्मा गरेर, दाखमद्य, अङ्‌गुर, नेभारा र अरू किसिमका भारीहरू गधाहरूमा लदाएका देखेँ। तिनीहरूले ती सबै कुरा शब्बाथमा यरूशलेम ल्याउने गर्थे। यसकारण तिनीहरूलाई शब्बाथमा खानेकुरा बेचेको कारण मैले चेतावनी दिएँ।

Viz kapitola kopírovat




नहेम्याह 13:15

Následuj nás:

Reklamy


Reklamy