नहेम्याह 1:6 - पवित्र बाइबल6 “तपाईंको सेवक म र तपाईंका सेवक इस्राएलका मानिसहरूले हजुरको विरोधमा गरेको पाप स्वीकार गरे रातदिन तपाईंलाई प्रार्थना गरिरहेकोछु दया गरी कान थापियोस् अनि आखाँहरू उघारियोस् म र मेरो पुर्खाहरूले पनि पाप गरेकाछौं। Viz kapitolaनेपाली नयाँ संशोधित संस्करण6 इस्राएलका मानिसहरू, तपाईंका दासहरूका पक्षमा रातदिन तपाईंलाई गरेको मेरो विनम्र प्रार्थना सुन्न तपाईंले आफ्नो कान थाप्नुहोस् र आँखा खोल्नुहोस्। तपाईंको विरुद्धमा हामी सबै इस्राएलीहरूले गरेका पाप म स्वीकार गर्दछु। म र मेरा पिताको घराना पनि त्यसमा दोषी छौं। Viz kapitolaसरल नेपाली पवित्र बाइबल6 मलाई हेर्नुहोस्, प्रभु! मेरो बिन्ती सुन्नुहोस्, म रात-दिन तपाईंको दास इस्राएलीहरूको निम्ति प्रार्थना गर्दछु। हामी इस्राएलीहरूले पाप गर्यौं। म मान्दछु। मेरा पुर्खाहरूले पाप गरे, मैले पनि पाप गरें। Viz kapitolaपवित्र बाइबल नेपाली समकालीन संस्करण6 इस्राएलका मानिस तपाईंका सेवकहरूका निम्ति तपाईंको अगि तपाईंको सेवकले दिनरात चढाइरहेको प्रार्थना ध्यानसँग सुन्नलाई तपाईंका कानहरूले ध्यान देऊन् र हेर्नलाई आँखा खुला रहून्। हामी सबै इस्राएलीहरूले पाप गरेका छौँ, साथै म र मेरा पिताका घरानाले तपाईंको विरुद्धमा गरेका पापहरू स्वीकार गर्दछु। Viz kapitola |