नहेम्याह 1:3 - पवित्र बाइबल3 तिनीहरूले मलाई भने, “यहूदा प्रदेशमा, देश निर्वासनबाट बाँचेकाहरू जो थिए, तिनीहरू अत्यन्त कष्ट र अपमानमा छन्। अनि यरूशलेमको पर्खाल भत्केकोछ, त्यसका द्वारहरू आगोले जलेका छन्।” Viz kapitolaनेपाली नयाँ संशोधित संस्करण3 तिनीहरूले मलाई भने, “निर्वासनबाट बाँचेर प्रदेशमा आएकाहरूले साह्रै दु:ख र निन्दा सहनुपरिरहेको छ। यरूशलेमको पर्खाल भत्काइएको छ र त्यसका मूल ढोकाहरू आगोले नष्ट पारिएका छन्।” Viz kapitolaसरल नेपाली पवित्र बाइबल3 ती कैदबाट बाँचेर घर फर्केका यहूदीहरू महासङ्कष्टमा छन्, छेउ-छाउमा बस्ने विदेशीहरूले तिनीहरूलाई हेला गर्छन्, यरूशलेमको पर्खाल अझै भत्केकै छ र आगाले नष्ट भएको दिनदेखि आजसम्म त्यसका फाटकहरू मर्मत भएका छैनन् भनेर तिनीहरूले मलाई भने। Viz kapitolaपवित्र बाइबल नेपाली समकालीन संस्करण3 तिनीहरूले मलाई भने, “कैदबाट बाँचेर निर्वासनबाट फर्कनेहरू अति कष्टमा र अपहेलनामा परेका छन्। यरूशलेमको पर्खाल भत्काइएको छ, र त्यसका ढोकाहरू आगोद्वारा जलाएर भस्म पारिएका छन्।” Viz kapitola |