नहेम्याह 1:2 - पवित्र बाइबल2 अनि मेरा एकजना भाइ हनानी केही अन्य मानिसहरू सहित यहूदाबाट म कहाँ आए। मैले तिनीहरूलाई बाँकिरहेका यहूदी कुलहरूका बारेमा सोधें जो काराबासबाट उम्केका थिए। अनि यरूशलेमको बारेमा मैले सोधें। Viz kapitolaनेपाली नयाँ संशोधित संस्करण2 तब मेरा दाजुहरूमध्येका एक जना हनानी अरू कोही मानिससँग यहूदाबाट आइपुगे। मैले यरूशलेमको र कैदबाट अरू बाँचेका यहूदीहरूको विषयमा तिनीहरूसित सोधपूछ गरें। Viz kapitolaसरल नेपाली पवित्र बाइबल2 त्यसै बेला हनानी नाम भएको मेरो एउटा भाइ एक दल मानिसहरूसँग यहूदाबाट आइपुग्यो। मैले उनीहरूलाई यरूशलेमको बारेमा र बेबिलोनियाको कैदबाट फर्किगएका आफ्ना यहूदा भाइ-बन्धुहरूका बारेमा सोधपुछ गरें। Viz kapitolaपवित्र बाइबल नेपाली समकालीन संस्करण2 तब मेरा दाजुभाइहरूमध्येका एक जना हनानी केही मानिसहरूसित यहूदाबाट आए। तब मैले तिनीहरूलाई कैदबाट बाँकी रहेका यहूदीहरूको बारेमा र यरूशलेमको बारेमा पनि सोधेँ। Viz kapitola |