Online Bible

- Reklamy -




नहूमको पुस्तक 3:15 - पवित्र बाइबल

15 तिमी यी सबै कामहरू गर्न सक्छौ तर फेरि आगोले तिमीलाई पूर्ण रूपले ध्वंश पार्नेछ। अनि तरवारले तिमीलाई मार्नेछ। तिम्रो केही भूमि यस्तो देखा पर्नेछ मानौ केही सलहहरू आएकाछन् र यसको हर चिज खाईदिएका छन्। निनवे तिमी लगातार बढ्दै गयौ तिमी फट्याङ्ग्राको हूल झैं भयौ। तिमी सलहको हूल झैं थियौ।

Viz kapitola kopírovat

नेपाली नयाँ संशोधित संस्करण

15 त्‍यहीँ तँलाई आगोले भस्‍म पार्नेछ, तँलाई तरवारले टुक्र्याउनेछ र सलहहरूले तँलाई स्‍वाहा पार्नेछन्‌। फटेङ्‌ग्राजस्‍तै अनगन्‍ती हो, सलहहरूझैँ संख्‍यामा बढ्‌।

Viz kapitola kopírovat

सरल नेपाली पवित्र बाइबल

15 तर तैँले जे गरे पनि तँ आगोले भस्‍म पारिनेछस् वा लडाइँमा मारिनेछस्। सलहहरूले अन्‍नका बाली खाएझैँ तेरो नाम-निशान हराउनेछ। तेरो सङ्ख्‍या सलहहरू बढेजस्‍तै बढेर गयो।

Viz kapitola kopírovat

पवित्र बाइबल नेपाली समकालीन संस्करण

15 त्यहाँ तँलाई आगोले जलाएर भस्म पार्नेछ; तरवारले तँलाई टुक्रा-टुक्रा पार्नेछ; तिनीहरूले तँलाई सलहले जस्तै स्वाहा पार्नेछन्। फट्याङ्ग्राले जस्तो आफ्नो संख्या बढा; सलहले जस्तै आफ्नो अनगन्ती संख्या बढा!

Viz kapitola kopírovat




नहूमको पुस्तक 3:15

Následuj nás:

Reklamy


Reklamy