नहूमको पुस्तक 2:3 - पवित्र बाइबल3 ती सैनिकहरूको ढालहरू राताछन्। तिनीहरूको पोशाक रातो चम्किलो छ। उनीहरूको रथहरू लडाईंको पंक्तिमा राखिएकाछन् अनि आगोको ज्वाला झैं चम्किरहेकाछन्। तिनीहरूका भालाहरू ठाडो राखिएकाछन्। Viz kapitolaनेपाली नयाँ संशोधित संस्करण3 त्यसका सिपाहीहरूका ढालहरू राता छन्। त्यसका योद्धाहरूले गाढ़ा लाल पोशाक पहिरेका छन्। ती तयारी पारिएको दिनमा रथहरूका धातु चम्कन्छन्, सल्लोका भालाहरू उजाइएका छन्। Viz kapitolaसरल नेपाली पवित्र बाइबल3 शत्रुका सेनाहरूले राता-राता ढालहरू बोकेका छन् र रातै पोशाक पहिरेका छन्। तिनीहरूले हमला गर्ने तयारी गर्दै छन्। तिनीहरूका रथहरू आगोझैँ झल्कन्छन् तिनीहरूका घोडाहरू उफ्रन्छन्। Viz kapitolaपवित्र बाइबल नेपाली समकालीन संस्करण3 त्यसका सेनाहरूका ढालहरू राता-राता छन्; त्यसका वीर योद्धाहरूले रातो रङ्गका पोशाकहरू पहिरेका छन्। लडाइँको तयारीको दिनमा रथका धातुहरू चम्कन्छन्; देवदारुको काठका भालाहरू नचाउँछन्। Viz kapitola |