नहूमको पुस्तक 1:12 - पवित्र बाइबल12 परमप्रभुले यहूदासँग भन्नु हुन्छ, “अश्शूरका मानिसहरू अत्यन्तै शक्तिशाली छन्। तिनीहरूका सैनिकहरू अनगन्ती छन्, तर तिनीहरू काटिनेछन् अनि फ्याँकिने छन्। प्रत्तेकलाई शेष गरिनेछ। हे मेरा मानिसहरू! मैले तिमीहरूलाई धेरै कष्टहरू दिएँ, तर अब म तिमीहरूलाई अरू बेशी कष्ट पैदा गर्नेछैन। Viz kapitolaनेपाली नयाँ संशोधित संस्करण12 परमप्रभु यसो भन्नुहुन्छ, “यद्यपि उनीहरू सामर्थी र अनगन्ती छन् तापनि उनीहरू बहिष्कृत हुनेछन्, र बितिजानेछन्। ए यहूदा, मैले तँलाई दु:ख दिएको छु, तापनि अब म फेरि तँलाई दु:ख दिनेछैनँ। Viz kapitolaसरल नेपाली पवित्र बाइबल12 परमप्रभुले आफ्ना प्रजा इस्राएललाई यसो भन्नुहुन्छ, “अश्शूरीहरू बलिया र सङ्ख्यामा धेरै भए पनि तिनीहरू नष्ट पारिनेछन् र लोप हुनेछन्। मेरा प्रजा हो! मैले तिमीहरूलाई कष्ट दिएँ तर म फेरि त्यसो गर्नेछैनँ। Viz kapitolaपवित्र बाइबल नेपाली समकालीन संस्करण12 याहवेह यसो भन्नुहुन्छ: “तिनीहरू अनगन्ती र धेरै मित्रराष्ट्रहरूका साथ भए तापनि तिनीहरू नष्ट हुनेछन् र मरेर जानेछन्। हे यहूदा, मैले तँलाई कष्ट दिए तापनि अब उसो म तँलाई फेरि कष्ट दिनेछैनँ। Viz kapitola |