मर्कूस 6:41 - पवित्र बाइबल41 उहाँले पाँचवटा रोटी र दुइवटा माछाको टुक्रा लिनुभयो। उहाँले स्वर्गतिर हेर्नुभयो अनि रोटीको निम्ति परमेश्वरलाई धन्यवाद चढाउनु भयो। अनि उहाँले ती रोटीहरू टुक्रा पारेरे मानिसहरूलाई दिनु भनी आफ्ना चेलाहरूलाई दिनुभयो। उहाँले ती माछाहरूलाई टुक्रा पार्नु भयो अनि प्रत्येकलाई दिनुभयो। Viz kapitolaनेपाली नयाँ संशोधित संस्करण41 उहाँले ती पाँच रोटी र दुई वटा माछा लिएर स्वर्गतिर हेरी आशीर्वाद दिनुभयो, र ती रोटीहरू भाँच्नुभयो अनि मानिसहरूका अगाडि राखिदेऊन् भनेर चेलाहरूलाई दिनुभयो, र ती दुई माछा पनि उहाँले सबैलाई बाँड़िदिनुभयो। Viz kapitolaसरल नेपाली पवित्र बाइबल41 अनि येशूले पाँच वटा रोटी र दुई वटा माछा लिएर स्वर्गतिर हेर्दै परमेश्वरसँग आशीर्वाद माग्नुभयो र रोटी टुक्राटुक्रा पारेर चेलाहरूलाई बाँड्न लाउनुभयो। त्यसै गरी उहाँले ती दुई वटा माछा पनि बाँडिदिनुभयो। Viz kapitolaपवित्र बाइबल नेपाली समकालीन संस्करण41 ती पाँच वटा रोटी र दुई वटा माछा लिएर स्वर्गतिर हेर्दै उहाँले धन्यवाद दिनुभयो, र रोटी भाँच्नुभयो। तब उहाँले ती कुराहरू मानिसहरूमा बाँडिदिनको लागि चेलाहरूलाई दिनुभयो। उहाँले ती दुई माछाहरू पनि तिनीहरूलाई बाँडिदिनुभयो। Viz kapitola |