मर्कूस 6:38 - पवित्र बाइबल38 येशूले चेलाहरूलाई भन्नुभयो, “तिमीहरूसँग अहिले कतिवटा रोटी छन्? जाऊ अनि हेर।” चेलाहरूले तिनीहरूसित भएको रोटीहरू गन्ती गरे। तिनीहरू येशूकहाँ आए अनि भने, “हामीसँग पाँचवटा रोटी र दुइवटा माछाका टुक्रा छन्।” Viz kapitolaनेपाली नयाँ संशोधित संस्करण38 उहाँले तिनीहरूलाई भन्नुभयो, “तिमीहरूसँग कति वटा रोटी छन्? गएर हेर।” अनि पत्ता लाएपछि तिनीहरूले भने, “पाँच रोटी र दुई वटा माछा।” Viz kapitolaसरल नेपाली पवित्र बाइबल38 येशूले तिनीहरूलाई सोध्नुभयो, “तिमीहरूसँग कति वटा रोटी छन्? हेर त!” तिनीहरूले हेरे र उहाँलाई भने, “पाँच वटा रोटी र दुई वटा माछा रहेछन्!” Viz kapitolaपवित्र बाइबल नेपाली समकालीन संस्करण38 उहाँले सोध्नुभयो, “तिमीहरूसित कति वटा रोटी छन्? जाओ, गएर हेर।” तिनीहरूले पत्ता लगाएर भने, “पाँच वटा रोटी र दुई वटा माछा रहेछन्।” Viz kapitola |