मर्कूस 6:31 - पवित्र बाइबल31 येशू र उहाँका चेलाहरू खुबै व्यस्त थिए। त्यहाँ धेरै मानिसहरू आउ-जाऊ गरिरहेकाथिए। येशू र उहाँका चेलाहरूलाई खानसम्म पनि समय थिएन। उहाँले चेलाहरूलाई भन्नुभयो, “मकहाँ आऊ, हामी सबै एकान्त ठाउँमा जाऊँ। त्यहाँ तिमीहरूलाई केही विश्राम मिल्नेछ।” Viz kapitolaनेपाली नयाँ संशोधित संस्करण31 उहाँले तिनीहरूलाई भन्नुभयो, “तिमीहरू आफै पनि मसँग एकान्त ठाउँमा आओ, र केही थकाइ मार।” किनकि त्यहाँ आउनेजानेहरू धेरै थिए, र उहाँहरूलाई खानसम्म पनि फुर्सद थिएन। Viz kapitolaसरल नेपाली पवित्र बाइबल31 अनि येशूले तिनीहरूलाई भन्नुभयो, “हामी एकान्त ठाउँमा गएर केही समय आराम गरौं।” किनभने त्यहाँ यति धेरै मानिसहरू आउने-जाने गर्थे कि येशू र उहाँका चेलाहरूलाई खानेसम्म पनि फुर्सद भएन। Viz kapitolaपवित्र बाइबल नेपाली समकालीन संस्करण31 मानिसहरू आवतजावत गरेका कारण उहाँहरूले खानसमेत मौका पाउनुभएको थिएन। तब उहाँले तिनीहरूलाई भन्नुभयो, “तिमीहरू मसित एकान्त ठाउँमा हिँड, र केही बेर विश्राम गर।” Viz kapitola |