मर्कूस 6:20 - पवित्र बाइबल20 किन भने हेरोद यूहन्नालाई मार्न भयभीत थिए। हेरोदलाई थाहा थियो कि यूहन्नालाई मानिसहरूले एक धार्मिक र पवित्र मानिस हुन् भनेर मान्दथे। वा उपदेश सुन्न हेरोदलाई आनन्द लाग्थ्यो, तर यूहन्नाका उपदेशले हेरोदलाई खुबै बाधा पनि भयो। Viz kapitolaनेपाली नयाँ संशोधित संस्करण20 किनकि यूहन्नालाई एक धर्मात्मा र पवित्र मानिस भनी ठानेर हेरोद तिनीसँग डराउँथे, र तिनलाई सुरक्षित राखेका थिए। यूहन्नाको शिक्षा सुन्दा उनी साह्रै विचलित हुन्थे, तापनि खुसीसित सुन्थे। Viz kapitolaसरल नेपाली पवित्र बाइबल20 किनभने यूहन्ना धर्मात्मा र पवित्र मानिस हुन् भन्ने कुरा हेरोदलाई थाहा थियो। यसकारण उनले यूहन्नालाई बचाइराखे। हेरोदले यूहन्नाको कुरा सुन्दा हेरोदको मन खल्बलिए पनि उनले तिनका कुरा सुन्न मन पराउँथे। Viz kapitolaपवित्र बाइबल नेपाली समकालीन संस्करण20 हेरोद यूहन्नादेखि डराउँथे, र तिनलाई सुरक्षित राखेका थिए; किनकि तिनी एक धर्मी र पवित्र मानिस हुन् भनेर तिनले जान्दथे। जब हेरोदले यूहन्नाका कुरा सुन्थे, तब तिनी साह्रै विचलित हुन्थे, तर पनि तिनको कुरा सुन्न मन पराउँथे। Viz kapitola |