मर्कूस 6:2 - पवित्र बाइबल2 विश्रामको दिनमा येशूले सभाघरमा शिक्षा दिन शुरू गर्नुभयो। धेरै मानिसहरू उहाँको शिक्षा सुनेर छक्क परे, तिनीहरूले भने, “यो मानिसले यो शिक्षा कहाँबाट पायो? यो ज्ञान उहाँले कहाँबाट पाएका हुन्? कसले उहाँलाई यो दिएका हुन्? अनि यस्तो आश्चर्य-कर्महरू गर्ने शक्ति उहाँले कहाँबाट पाएका हुन्? Viz kapitolaनेपाली नयाँ संशोधित संस्करण2 शबाथ-दिनमा उहाँले सभाघरमा शिक्षा दिन लाग्नुभयो। धेरै जना सुन्नेहरूले छक्क परेर भने, “यस मानिसले यी सब कहाँबाट पायो? यिनलाई दिइएको यो ज्ञान कस्तो हो? यिनका हातबाट भएका कार्यहरू कति शक्तिशाली? Viz kapitolaसरल नेपाली पवित्र बाइबल2 विश्रामको दिनमा येशूले सभाघरमा शिक्षा दिन लाग्नुभयो। उहाँका शिक्षा सुन्ने धेरै मानिसहरूले छक्क पर्दै आपसमा यसरी कुरा गर्न लागे, “यसले यी कुराहरू कहाँबाट सिक्यो हँ? कस्तो बुद्धि पाएछ! कसरी यस्ता अचम्मका कामहरू गर्न सक्छ? Viz kapitolaपवित्र बाइबल नेपाली समकालीन संस्करण2 शब्बाथ आएपछि उहाँले सभाघरमा सिकाउन लाग्नुभयो; अनि उहाँलाई सुन्नेहरू धेरै जना छक्क परे। तिनीहरूले सोधे, “यस मानिसले यी कुराहरू कहाँबाट पाए? यसलाई दिइएको यो कस्तो बुद्धि हो? यसले गरेका यी अचम्मका कामहरू उल्लेखनीय छन्? Viz kapitola |