मर्कूस 5:13 - पवित्र बाइबल13 अनि येशूले तिनीहरूलाई त्यसै गर्न दिनुभयो। ती दुष्टात्मा मानिसलाई छोडेर सुँगुरहरूमा पसे। त्यसपछि ती सुँगुरहरू भिरालो पहाड़ अनि समुद्र तिर हुर्रिन लागे। सबै सुँगुरहरू डुबे, त्यो बगालमा प्राय 2,000 वटा सुँगुरहरू थिए। Viz kapitolaनेपाली नयाँ संशोधित संस्करण13 तब उहाँले तिनीहरूलाई अनुमति दिनुभयो, र अशुद्ध आत्माहरू बाहिर निस्केर सुँगुरहरूभित्र पसे, अनि करीब दुई हजार सुँगुरको त्यो बगाल भिरालोबाट समुद्रतिर हुर्रिदैगए, र समुद्रमा डुबेर मरे। Viz kapitolaसरल नेपाली पवित्र बाइबल13 येशूले तिनीहरूलाई जाने आज्ञा दिनुभयो र ती भूतहरू त्यस मानिसबाट निस्केर सुँगुरहरूभित्र पसे। पस्नेबित्तिकै लगभग दुई हजार जति सुँगुरहरू भीरबाट तालतिर हुरमुरिंदै डुबेर मरे। Viz kapitolaपवित्र बाइबल नेपाली समकालीन संस्करण13 उहाँले तिनीहरूलाई अनुमति दिनुभयो; अनि अशुद्ध आत्माहरू निस्केर सुँगुरहरूभित्र पसे। करिब दुई हजार सुँगुरको बगाल भिरालो किनारबाट हुरमुरिँदै गएर तालमा खसेर डुबेर मरे। Viz kapitola |