मर्कूस 2:22 - पवित्र बाइबल22 त्यसरी नै, कसैले पनि नयाँ दाखरस पुरानो दाखरसको मसकमा खन्याउन चाहँदैन, किनभने नयाँ दाखरसले त्यो मसक नै फुटाउँछ, अनि दाखरस र दाखरसको मसकहरू दुवै नष्ट हुन्छ, यसर्थ मानिसहरूले नयाँ दाखरस नयाँ मसकमा भर्न मन पराउँछन्।” Viz kapitolaनेपाली नयाँ संशोधित संस्करण22 अनि कसैले नयाँ दाखमद्य पुरानो छालाको मशकमा हाल्दैन, नत्रता त्यस दाखमद्यले छालाका मशकहरू फुटाइदिन्छ, र दाखमद्य र मशक पनि नष्ट हुन्छन्। तर नयाँ दाखमद्यचाहिँ नयैँ भाँड़ामा हालिन्छ।” Viz kapitolaसरल नेपाली पवित्र बाइबल22 “अझै भन्ने हो भने, कसले ताजा दाखमद्य पुरानो छालाको थैलामा राख्छ र? राख्दैन नि! यदि राख्यो भने त थैलो पनि फुट्छ र दाखमद्य पनि पोखिन्छ। ताजा दाखमद्यचाहिँ नयाँ छालाको थैलामा नै राख्नुपर्छ।” Viz kapitolaपवित्र बाइबल नेपाली समकालीन संस्करण22 त्यसै गरी कसैले नयाँ दाखमद्य पुरानो मशकमा खन्याउँदैन, नत्रता नयाँ दाखमद्यले छालाहरू फुट्छन्, दाखमद्य पनि पोखिन्छ, र मशक पनि नष्ट हुन्छ। त्यसो हुन नदिन उसले नयाँ दाखमद्य नयाँ मशकमै राख्नुपर्दछ।” Viz kapitola |