मर्कूस 2:18 - पवित्र बाइबल18 यूहन्नाका चेलाहरू, र फरिसीहरू उपवास बसेका थिए, केही मानिसहरू येशूकहाँ आए अनि भन्न लागे, “यूहन्नाका चेलाहरू उपवास बसेका छन् अनि फरिसीहरूका चेलाहरू पनि उपवास बसेका छन् तर तपाईका चेलाहरू किन उपवास बस्दैनन्?” Viz kapitolaनेपाली नयाँ संशोधित संस्करण18 यूहन्नाका चेलाहरू र फरिसीहरू उपवास बस्तथिए। मानिसहरूले आएर उहाँलाई भने, “यूहन्नाका चेलाहरू र फरिसीका चेलाहरू उपवास बस्तछन्, तर तपाईंका चेलाहरू किन उपवास बस्दैनन्?” Viz kapitolaसरल नेपाली पवित्र बाइबल18 केही मानिसहरूले बप्तिस्मा दिने यूहन्नाका चेला र फरिसी भन्ने कट्टर धार्मिक समूहका मानिसहरू उपवास बसेका बेलामा येशूकहाँ आएर सोधे, “बप्तिस्मा दिने यूहन्नाका चेला र फरिसीका चेलाहरू उपवास बस्छन्, तर तपाईंका चेलाहरूचाहिँ किन उपवास बस्दैनन्?” Viz kapitolaपवित्र बाइबल नेपाली समकालीन संस्करण18 एक पल्ट यूहन्नाका चेलाहरू र फरिसीहरू उपवास बसेका थिए; केही मानिसहरूले येशूकहाँ आएर उहाँलाई सोधे, “किन यूहन्नाका चेलाहरू र फरिसीहरूका चेलाहरू उपवास बस्छन्, तर तपाईंका चेलाहरूचाहिँ बस्दैनन्?” Viz kapitola |