मर्कूस 15:43 - पवित्र बाइबल43 अरमथियाको यूसुफ नाम गरेका एकजना मानिस साहसपूर्वक पिलातस कहाँ गए अनि येशूको लाशको लागि विन्ति गरे। यूसुफ यहूदी महासभाको एक प्रभावशाली सदस्य थिए। मानिसहरूमध्ये तिनी नै एकजना यस्ता मानिस थिए जसले परमेश्वरको राज्य आउने बाटो हेर्दथिए। Viz kapitolaनेपाली नयाँ संशोधित संस्करण43 महासभाका प्रतिष्ठित सदस्य अरिमाथियाका योसेफ, जसले परमेश्वरका राज्यको बाटो हेर्दैथिए, तिनले साहसपूर्वक पिलातसकहाँ गएर येशूको लाश मागे। Viz kapitolaसरल नेपाली पवित्र बाइबल43 अरिमाथिया सहरको योसेफले त्यही दिनै साँझमा साहससँग पिलातसको अगाडि गएर येशूको लाश मागे। योसेफचाहिँ महासभाको माननीय सदस्य थिए। उनले परमेश्वरको राज्यको बाटो हेरिरहेका थिए। Viz kapitolaपवित्र बाइबल नेपाली समकालीन संस्करण43 अरिमथिया निवासी योसेफ, सभाका एक जना प्रमुख सदस्य, जो आफूले परमेश्वरको राज्य पर्खिरहेका थिए। तिनी साहससित पिलातसकहाँ गएर येशूको लास मागे। Viz kapitola |