Online Bible

- Reklamy -




मर्कूस 15:36 - पवित्र बाइबल

36 तुरून्तै एकजना मानिस दगुरेर गयो अनि एउटा स्पन्ज लिएर आयो। त्यस मानिसले स्पन्जमा सिर्का भर्यो अनि एउटा लट्ठीमा लगाएर उसेल येशूलाई पिउन दियो। त्यस मानिसले भन्यो, “अब हामी पर्खौं अनि हेरौं एलिया आएर उहाँलाई क्रूसबाट तल ओराल्ने हुन् कि होइनन्।”

Viz kapitola kopírovat

नेपाली नयाँ संशोधित संस्करण

36 अनि एक जनाले दौड़ेर गई एउटा स्‍पन्‍ज सिर्कामा पूरै चोपेर एउटा लामो निगालोमा यसो भनेर उहाँलाई पिउन दियो, “हेरौं, कतै एलिया त्‍यसलाई झार्न आउँछन्‌ कि।”

Viz kapitola kopírovat

सरल नेपाली पवित्र बाइबल

36 एक जनाले चाहिँ दगुर्दै गएर सिर्कामा झुम्रो चोपेर ल्‍यायो र त्‍यो झुम्रो लट्ठीको टुप्‍पामा अड्काएर येशूको मुखमा राख्‍दै भन्‍यो, “पर्ख, पर्ख, कतै एलिया आएर यसलाई क्रूसबाट ओराल्‍दारहेछन् कि, हेरौं!”

Viz kapitola kopírovat

पवित्र बाइबल नेपाली समकालीन संस्करण

36 एक जना मानिस दौडेर गयो, र स्पन्जमा सिर्का चोपेर त्यसलाई एउटा निगालोमा लगाएर पिउन भनी येशूलाई दिँदै भन्यो, “अब यिनलाई एकलै छोडिदेओ। हेरौँ, कहीँ एलिया आएर यिनलाई ओराल्छन् कि।”

Viz kapitola kopírovat




मर्कूस 15:36

Následuj nás:

Reklamy


Reklamy