मर्कूस 12:28 - पवित्र बाइबल28 शास्त्रीहरूमध्ये एकजना येशूकहाँ आए। उनले सदूकीहरू र फरिसीहरूसँग येशूले बहस गरिरहेको सुने। येशूले तिनीहरूका प्रश्नहरूको ठीक जवाफ दिइरहेको सुने। अनि उहाँलाई सोधे, “कुन चाँहि आज्ञा सब भन्दा प्रमुख छ?” Viz kapitolaनेपाली नयाँ संशोधित संस्करण28 शास्त्रीहरूमध्ये एक जना आए, र तिनीहरूलाई आपसमा विवाद गरिरहेका सुने। येशूले मानिसहरूलाई ठीक जवाफ दिनुभएको देखेर तिनले उहाँलाई सोधे, “सबै आज्ञाहरूमा मुख्यचाहिँ कुन हो?” Viz kapitolaसरल नेपाली पवित्र बाइबल28 एक जना धर्म-गुरुले त्यहाँ भएका सबै कुरा सुनिरहेका थिए। येशूले सदुकीहरूलाई राम्रो जवाफ दिनुभएको देखेर तिनले पनि येशूलाई सोधे, “हे गुरु, परमेश्वरका धार्मिक आज्ञाहरूमा सबैभन्दा ठूलो आज्ञाचाहिँ कुन हो?” Viz kapitolaपवित्र बाइबल नेपाली समकालीन संस्करण28 व्यवस्थाका शिक्षकहरूमध्ये एक जना आए, र तिनीहरूका वाद-विवाद सुने। येशूले तिनीहरूलाई ठिक जवाफ दिनुभएको देखेर त्यसले उहाँलाई सोध्यो, “सबै आज्ञाहरूमा कुनचाहिँ सबैभन्दा मुख्य हो?” Viz kapitola |