मर्कूस 12:26 - पवित्र बाइबल26 मरेका मानिसहरूको पुनरूत्थानको बिषयमा मोशाले लेखेको जलेको पोथ्राको कथा पुस्तकमा तिमीहरूले पढेका छैनौ? परमेश्वरले भन्नु भएको छः ‘म अब्राहाम, इसहाक र याकूबको परमेश्वर हुँ।’ Viz kapitolaनेपाली नयाँ संशोधित संस्करण26 मृतकहरू जीवित भई उठ्ने कुराको विषयमा के तिमीहरूले मोशाको पुस्तकमा पढ़ेका छैनौ? कि कसरी पोथ्रोको विषयमा लेखिएको खण्डमा परमेश्वरले मोशालाई भन्नुभयो, ‘म अब्राहामका परमेश्वर, इसहाकका परमेश्वर र याकूबका परमेश्वर हुँ।’ Viz kapitolaसरल नेपाली पवित्र बाइबल26 मरेकोबाट बिउँतने बारेमा अझै भन्ने हो भने परमेश्वरले मोशालाई जल्दैगरेको पोथ्राबाट भन्नुभएको कुराचाहिँ के तिमीहरूले पढेका छैनौ? त्यस बेला परमेश्वरले मोशालाई यस्तो भन्नुभयो, ‘म अब्राहाम, इसहाक र याकूबका परमेश्वर हुँ’। Viz kapitolaपवित्र बाइबल नेपाली समकालीन संस्करण26 अब मुर्दाहरू जीवित भई उठ्ने विषयमा के तिमीहरूले मोशाको पुस्तकमा त्यस पोथ्राको विवरणमा कसरी परमेश्वरले तिनलाई ‘म अब्राहामका परमेश्वर, इसहाकका परमेश्वर, र याकोबका परमेश्वर हुँ’ भनेर भन्नुभएको पढेका छैनौ? Viz kapitola |