मर्कूस 12:12 - पवित्र बाइबल12 ती यहूदी प्रमुखहरूले येशूले भन्नु भएको यो दृष्टान्त सुन्न पाए। तिनीहरूले यो दृष्टान्त तिनीहरूको आफ्नै बारेमा हो भन्ने बुझे। यसकारण कसरी हुन्छ येशूलाई पक्रने उपायमा तिनीहरूलागे। तर मानिसहरूदेखि तिनीहरूलाई डर पनि थियो। अनि ती यहूदी प्रमुखहरू येशूलाई छोडेर अन्यत्र कतै गए। Viz kapitolaनेपाली नयाँ संशोधित संस्करण12 त्यसपछि तिनीहरूले उहाँलाई पक्रन खोजे, किनकि यो दृष्टान्त उहाँले तिनीहरूकै विरुद्धमा भन्नुभएको हो भनी तिनीहरूले बुझे। तर तिनीहरू भीड़सँग डराएको कारणले उहाँलाई छोड़ेर गइहाले। Viz kapitolaसरल नेपाली पवित्र बाइबल12 येशूले यो कुरा तिनीहरूकै विरोधमा भन्नुभएको हो भनेर यहूदी अगुवाहरूले बुझे। त्यसैले तिनीहरूले उहाँलाई पक्रन खोजे, तर भीडको डरले गर्दा तिनीहरूले उहाँलाई पक्रन सकेनन्। त्यसो हुँदा तिनीहरूले उहाँलाई छोडेर गए। Viz kapitolaपवित्र बाइबल नेपाली समकालीन संस्करण12 तब तिनीहरूले उहाँलाई पक्रने उपाय खोज्न थाले; किनकि उहाँले त्यो दृष्टान्त तिनीहरूका विरुद्धमा भन्नुभएको हो भनी तिनीहरूले बुझे; तर तिनीहरू भीडसित डराए, र तिनीहरू उहाँलाई छोडेर गइहाले। Viz kapitola |