मर्कूस 12:1 - पवित्र बाइबल1 येशूले मानिसहरूलाई सिकाउनलाई दृष्टान्तहरूको उपयोग गर्नु भयो। उहाँले भन्नुभयो, “कुनै एकजना मानिसले एउटा खेतमा दाख रोपे। त्यस एउटा कोल खोपे। त्यसपछि त्यसले एउटा मचान बनाए। त्यसले आफ्नो दाखबारी केही खेतीवालहरूलाई भाडामा दिए। त्यसपछि त्यो मानिस परदेश लाग्यो। Viz kapitolaनेपाली नयाँ संशोधित संस्करण1 उहाँले तिनीहरूलाई दृष्टान्तहरूमा भन्न लाग्नुभयो: “एक जना मानिसले दाखबारी लगाएर त्यसको वरिपरि बार लगाए, र कोलको निम्ति एउटा खाल्डो खने। अनि एउटा मचान बनाएर तिनले दाखबारी मोहीहरूलाई कमाउन दिए, र आफूचाहिँ परदेश लागे। Viz kapitolaसरल नेपाली पवित्र बाइबल1 येशूले तिनीहरूलाई दृष्टान्तको रूपमा यस्तो कथा भन्नुभयो, “एक जना मानिसले दाखबारी लगाए। उनले दाखबारीको चारैतिर बारहरू लगाइदिए एउटा खाडल खनेर दाख पेल्ने कोल बनाइदिए र त्यो दाखबारी कुर्ने मचान पनि बनाइदिए अनि त्यो दाखबारी मोहीहरूलाई जिम्मा दिएर आफूचाहिँ परदेशतिर लागे। Viz kapitolaपवित्र बाइबल नेपाली समकालीन संस्करण1 येशू तिनीहरूसित दृष्टान्तहरूमा बोल्न थाल्नुभयो: “एक जना मानिसले एउटा दाखबारी लगाए। तिनले त्यसको चारैतिर एउटा पर्खाल लगाए। कोलको लागि एउटा खाडल खने, र एउटा मचान बनाए। तब तिनले त्यो दाखबारी केही मोहीहरूलाई ठेक्कामा दिएर यात्रामा निस्के। Viz kapitola |