मर्कूस 11:18 - पवित्र बाइबल18 मुख्य पूजाहारीहरू शास्त्रीहरूले यी सब कुराहरू थाहा पाए। तिनीहरूले येशूलाई मार्ने उपाय रच्न थाले। प्रायः सबै मानिसहरू येशूको शिक्षामा अचम्भित भएका हुनाले तिनीहरू येशूसँग डराएका थिए। Viz kapitolaनेपाली नयाँ संशोधित संस्करण18 अनि मुख्य पूजाहारीहरू र शास्त्रीहरूले यो सुनेर उहाँलाई कसरी नाश पारौं भनी उपाय खोज्न लागे। किनभने तिनीहरू उहाँसँग डराउँथे, किनकि सारा भीड़ले उहाँको शिक्षामा अचम्म मानेका थिए। Viz kapitolaसरल नेपाली पवित्र बाइबल18 यो कुरा मुख्य पूजाहारी र धर्म-गुरुहरूले सुने। तिनीहरूले येशूलाई मार्ने उपाय खोज्न थाले किनभने येशूको शिक्षा सुनेर सबै मानिसहरू छक्क पर्थे। त्यसैले तिनीहरू येशूदेखि डराएका थिए। Viz kapitolaपवित्र बाइबल नेपाली समकालीन संस्करण18 जब मुख्य पुजारीहरू र व्यवस्थाका शिक्षकहरूले यो सुने, तब उहाँलाई मार्ने उपाय खोज्न थाले। किनकि सम्पूर्ण भीड उहाँका शिक्षामा छक्क परेका हुनाले तिनीहरू उहाँदेखि डराउँथे। Viz kapitola |